चीनमा विद्युतीय विमानको  सफल परिक्षण

विहीबार, १९ कार्तिक २०८३, १३ : २९

काठमाडौं - उदाउँदो अर्थतन्त्रको रुपमा चिनिएको चीनले पछिल्लो समय विज्ञान र प्रविधिको क्षेत्रमा पनि अभुतपूर्व उपलब्धीहरु हासिल गर्दै गएको छ । हालै मात्र चीनको विद्युतीय ठाडो उडान तथा अवतरण (ईभीटीओएल) विमान निर्माता कम्पनी अटोफ्लाइटले पाँचवटा विमान एकसाथ उडाएर नयाँ उपलब्धि हासिल गरेको छ ।

चीनको पूर्वी जियाङ्सु प्रान्तको कुनसानमा कम्पनीले पाँचवटा ईभीटीओएल विमानको एकसाथ सफल उडान परीक्षण गरेको हो । पूर्ण रूपमा स्वचालित प्रणालीमार्फत गरिएको उक्त उडान ४७ मिनेटसम्म सञ्चालन भएको थियो ।

उडानका क्रममा पाँचवटै विमानले संयुक्त रूपमा १३३ किलोमिटरभन्दा बढी दूरी पार गरेका थिए । यस उपलब्धिले स्वचालित उडान प्रविधि तथा विद्युतीय हवाई यातायातको विकासमा चीनले गरिरहेको प्रगतिलाई थप उजागर गरेको छ । 

विहीबार, १९ कार्तिक २०८३, १३ : २९

प्रतिक्रिया