अमेरिकामा ट्रम्पको पार्टी पराजित, अब दुवै सदन डेमोक्र्याटहरूको नियन्त्रणमा

बुधबार, १८ कार्तिक २०८३, १२ : ४२

डोनल्ड ट्रम्पको बाँकी राष्ट्रपतीय कार्यकालको दिशा तय गर्ने ठानिएको अमेरिकाको मध्यावधि निर्वाचनमा डेमोक्र्याटहरू तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिभ्स) र माथिल्लो सदन (सीनेट) विजयी भएका छन्।

रिपब्लिकन पार्टीका ट्रम्पको राष्ट्रपतीय कार्यकालका बाँकी दुई वर्षमा अब डेमोक्र्याटिक पार्टीको नियन्त्रण कायम हुन भएको छ। कङ्ग्रेसमा नियन्त्रण कायम भएकाले डेमोक्र्याटहरूले राष्ट्रपति ट्रम्पविरुद्ध तेस्रो पटक महाभियोग लगाउन सक्ने सम्भावना पनि छ।

फक्स न्यूजसँग कुरा गर्दै ट्रम्पले डेमोक्र्याटहरूले "राम्रो गरेको" भन्दै इरान युद्ध र इन्धनको मूल्यवृद्धिका कारण आफ्नो पार्टी पराजित भएको स्वीकार गरे।

चुनावमा इजरेल र अमेरिका, परिणामले पार्न सक्छ विश्वव्यापी प्रभाव
सीनेटमा नियन्त्रण कायम गर्ने महत्त्वपूर्ण प्रतिस्पर्धामा डेमोक्र्याटहरूले १८ वर्षयता पहिलो पटक नोर्थ क्यारोलाइना जितेका छन्। त्यहाँ रोय कूपरले रिपब्लिकनहरूबाट उक्त सीट खोसेका छन्।

रिपब्लिकन पार्टीको वर्चस्व कायम रहँदै आएका टेक्सस, ओहायो र क्यान्ससमा सीनेटमा डेमोक्र्याटिक पार्टी विजयी भएको छ। क्यान्ससमा १०० वर्षअघि मात्र डेमोक्र्याटिक पार्टीका उम्मेदवार सीनेटमा निर्वाचित भएका थिए।

मतगणना हुँदै गर्दा राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालका पोस्टहरूमा निराशा व्यक्त गर्न थालेका थिए।

यस मध्यावधि निर्वाचनमा तल्लो सदनका सबै ४३५ सीट, माथिल्लो सदनका १०० मध्ये ३५ सीट र गभर्नरहरूसहित पदका लागि चुनावी प्रतिस्पर्धा थियो।

मतदाताहरूको मनोदशा डोनल्ड ट्रम्प र रिपब्लिकनहरूको विपक्षमा गएको देखिन्थ्यो।

सीनेटका मुख्य प्रतिस्पर्धामा डेमोक्र्याटिक सिनेटर जोन ओसफ जोर्जामा पुन: निर्वाचित भएका छन्।

ओसफलाई सन् २०२८ को सम्भावित राष्ट्रपति पदको उम्मेदवारको रूपमा व्यापक रूपमा हेरिँदै आएको छ।

उनले समर्थकहरूलाई सम्बोधन गर्दै मतदाताहरूले "ट्रम्पको भ्रष्टाचार र अक्षमतालाई अस्वीकार गरेको" बताए।

सदन नियन्त्रण गर्ने प्रतिस्पर्धा
यो परिणामले कङ्ग्रेसमा विपक्षी डेमोक्र्याटिक पार्टीको नियन्त्रण हुने सुनिश्चित गरेको छ।

अमेरिकी कङ्ग्रेस दुई सदन मिलेर बनेको छ। तल्लो सदनलाई 'हाउस अफ रिप्रिजेन्टेटिभ्स' भनिन्छ भने माथिल्लो सदनलाई 'सीनेट' भनिन्छ।

तल्लो सदनमा बहुमत प्राप्त गर्न कुनै पनि दललाई २१८ सीट आवश्यक पर्छ। सीनेटमा स्पष्ट बहुमतका लागि ५१ सिट चाहिन्छ।

यसअघि दुवै सदनमा रिपब्लिकन पार्टीको नियन्त्रण थियो।

डेमोक्र्याटिक पार्टीको जित हुने देखिएपछि शेअर मूल्यमा गिरावट आएको थियो।

विश्लेषकहरूका अनुसार यसको एउटा कारण उक्त पार्टीले डेटा-सेन्टर परियोजनाहरू र आर्टिफिशल इन्टेलिजन्स (एआई) पूर्वाधारमा हुने खर्चका विषयमा कडा नीति अपनाउन सक्ने हुनु हो।

जापानमा मुख्य 'निक्केई' सूचकाङ्क करिब तीन प्रतिशतले घटेको थियो भने अमेरिकी बजार बन्द रहे पनि 'स्टक फ्यूचर्स' कम मूल्यमा कारोबार भएको थियो।

अमेरिकी डलरको मूल्यमा पनि गिरावट आएको छ र जापानी येनको तुलनामा यो कमजोर बनेको छ।

बीबीसी न्यूज नेपाली

बुधबार, १८ कार्तिक २०८३, १२ : ४२

प्रतिक्रिया