शेरबहादुर देउवा पक्षीय नेपाल दलित संघको अध्यक्षमा यमुना खड्का बि.क मनोनीत

मंगलबार, १७ कार्तिक २०८३, १५ : ३७

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले नेपाल दलित संघको अध्यक्षमा यमुना खड्का बिकलाई मनोनयन गरेको छ । तनहुँकी बिकलाई कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिको निर्णयअनुसार संघको नेतृत्व सुम्पिएको हो ।

नेपाली कांग्रेसको विधान, २०१७ ९संशोधनसहित० को धारा ४२ ९१० ९च० बमोजिम उनलाई अध्यक्षको जिम्मेवारी दिइएको हो । १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा। डा। शशांक कोइरालाद्वारा हस्ताक्षरित मनोनयन पत्रमा आगामी ६ महिनाभित्र संघको महाधिवेशन सम्पन्न गर्नुपर्ने जिम्मेवारीसमेत तोकिएको छ ।

अध्यक्षमा मनोनयन भएपछि बिकले पार्टीका नेता शेरबहादुर देउवाको नेतृत्वमा आफूले जिम्मेवारी पूरा गर्ने बताएकी छन् । उनले कदमजमको सिद्धान्तलाई आत्मसात् गर्दै दलित समुदायको अधिकार, समानुपातिक समावेशिता र सहभागितालाई प्राथमिकता दिने प्रतिबद्धता जनाएकी छन् ।

संघलाई थप समावेशी र सशक्त बनाउँदै युवा, विद्यार्थी, जेन्जी पुस्ता तथा अग्रजहरूलाई समेत संगठनमा सहभागी गराएर अघि बढ्ने उनको भनाइ छ ।

IMG-20261103-WA0007

मंगलबार, १७ कार्तिक २०८३, १५ : ३७

प्रतिक्रिया