काठमाडौं- सोलुखुम्बुको फेरिचे हेलिप्याडमा अवतरण गर्ने क्रममा दुई हेलिकोप्टर आपसमा ठोक्किँदा एक विदेशी पर्यटकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
फिस्टेल र डायनेस्टी एयरका हेलिकोप्टर अवतरणका क्रममा ठोक्किएर दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी कमानसिंह थापामगरले जानकारी दिएका छन् ।
उनका अनुसार हेलिप्याडमा अवतरण गर्ने क्रममा दुवै हेलिकोप्टरका पंखा आपसमा ठोक्किएका थिए । दुर्घटनाबारे थप विवरण संकलन भइरहेको उनले बताए ।
प्रतिक्रिया