अपडेट

काठमाडौं महानगरको चेतावनी : तिहारमा प्लास्टिकका फूल र माला बिक्री गरे जफत

मंगलबार, १७ कार्तिक २०८३, ११ : ४५

काठमाडौं- काठमाडौं महानगरपालिकाले नजिकिँदै गरेको दिपावली तथा तिहार पर्वलाई लक्षित गर्दै प्लास्टिकजन्य तथा गुणस्तरहीन फूल, माला र सजावटका सामग्री बिक्री वितरण नगर्न चेतावनी दिएको छ ।

महानगर प्रहरी बलले सूचना जारी गर्दै सूचनाको अवज्ञा गरी प्लास्टिकजन्य वा गुणस्तर कायम नभएका फूल, फूलका माला तथा सजावटका सामग्री बिक्री गरेको पाइएमा त्यस्ता सामग्री जफत गरिने जनाएको छ ।

नेपाली किसानले उत्पादन गरेका फूल तथा मालाले उचित बजार पाऊन् र सर्वसाधारणलाई सहज रूपमा खरिद गर्न सुविधा होस् भन्ने उद्देश्यले महानगरपालिकाले बिक्री वितरणका लागि विभिन्न स्थानसमेत तोकेको छ ।

मंगलबार, १७ कार्तिक २०८३, ११ : ४५

प्रतिक्रिया