काठमाडौं- बुधबार छापावाल सुनको मूल्य ६ सय रूपैयाँले बढेको छ ।
मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार रूपैयाँ कायम भएकोमा आज ६ सय रूपैयाँले बढेर २ लाख ७५ हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, मंगलबार चाँदीको मूल्य प्रतितोला ३ हजार ६७५ रूपैयाँ कायम भएकोमा आज २० रूपैयाँले घटेर ३ हजार ६५५ रूपैयाँ कायम भएको छ ।
प्रतिक्रिया