एनपिएलः जनकपुरले टस जित्यो, विराटनगर ब्याटिङ गर्दै

मंगलबार, १७ कार्तिक २०८३, १३ : ४९

काठमाडौं- नेपाल प्रिमियर लिग ९एनपिएल० अन्तर्गत आज विराटनगर किङ्सविरुद्धको खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिलो फिल्डिङ रोजेको छ ।  

कीर्तिपुरस्थत त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भरखरै भएको टसमा जनकपुरका कप्तान हर्मित सिंहले टस जितेर पहिला फिल्डिङ रोजेका हुन । 

यससँगै विराटनगरले पहिला  ब्याटिङ गर्नेछ । प्रतियोगितामा दुवै टोली जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रिएका छन् । तीन खेल नै खेलको जनकपुर बोल्ट्स दुई खेलमा जित तथा एक खेलमा हार ब्यहोरेको छ । 

चार अङ्क जोडेको जनकपुर अङ्क तालिकाको दोस्रो स्थानमा छ । जनकपुरले पछिल्लो खेलमा पोखरा एभेन्जर्सलाई ९ रनले पराजित गरेको थियो ।
 
त्यसअघि काठमाडौँ गोर्खाजमाथि ८ विकेटको जित निकालेको थियो । त्यसैगरी आफनो पहिलो खेलमा भने जनकपुर कर्णाली याक्ससँग १९ रनले पराजित भएको हो ।

समान तीन खेल खेलेको विराटनगरले एक खेलमा जित तथा दुई खेलमा हार ब्यहोरेको छ । विराटनगर अङ्क तालिकाको छैटौँ स्थानमा छ ।  

विराटनगरले  सुदूरपश्चिम रोयल्समाथि जित निकालेको थियो । त्यसअघि कर्णाली याक्ससँग ४ विकेट तथा चितवन राइनोजसँग ८ रनले पराजित भएको थियो । 

मंगलबार, १७ कार्तिक २०८३, १३ : ४९

प्रतिक्रिया