काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदैछन् । आजको पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज भिड्दा दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्सबीच प्रतिस्पर्धा हुनेछ ।
नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार आजको पहिलो खेल मध्याह्न १२ः३० बजे सुरु हुनेछ । उक्त खेलमा जनकपुर र काठमाडौं जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन् ।
त्यस्तै, आजै हुने दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्स आमनेसामने हुनेछन् । यी दुई टोलीबीचको खेल अपराह्न ५ बजे सुरु हुने तालिका छ ।
दुवै खेल कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछन् ।
प्रतिक्रिया