काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।
समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ६० रुपैयाँ र सानो ९टनेल० गोलभेडा ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
आलु रातो ९लाम्चो० ५५ रुपैयाँ, रातो आलु ९गोलो० प्रतिकेजी ५५ रुपैयाँ, आलु रातो ९मुडे० ५५ रुपैयाँ, भारतीय रातो आलु ३० रुपैयाँ र सेतो आलु २८ रुपैयाँ तोकिएको छ । भारतीय सुकेको प्याज ८५ रुपैयाँ, लोकल गाजर ८० रुपैयाँ र तराई गाजर ५० रुपैयाँमा बिक्री भइरहेको छ ।
यस्तै बन्दा ९लोकल० ३० रुपैयाँ, स्थानीय काउली ३० रुपैयाँ, रातो मूला ३० रुपैयाँ, सेतो मूला ९हाइब्रिड० ३० रुपैयाँ, लाम्चो भन्टा ३० रुपैयाँ, डल्लो भन्टा ४० रुपैयाँ घिउ सिमी ९लोकल० ५० रुपैयाँ र घिउ सिमी ९हाइब्रिड० प्रतिकेजी ५० रुपैयाँ रहेको छ ।
त्यसैगरी टाटे सिमी ६० रुपैयाँ, भटमासकोसा १०० रुपैयाँ, तितो करेला ८० रुपैयाँ, लौका ४० रुपैयाँमा कारोबार भइरहेको छ ।
रायोको साग २० रुपैयाँ, पालुङ्गो साग ८० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ र हरियो प्याज २०० रुपैयाँ तोकिएको छ । कन्य च्याउ ९० रुपैयाँ, डल्ले च्याउ २६० रुपैयाँ, राजा च्याउ २८० रुपैयाँ, सिताके च्याउ ८०० रुपैयाँ, कुरिलो ७०० रुपैयाँ, न्यूरो ९० रुपैयाँ, ब्रोकाउली ९० रुपैयाँ, चुकन्दर ८० रुपैयाँ, सेलरी ४०० रुपैयाँ, पुदीना ६०० रुपैयाँ र गान्टे मूला १०० रुपैयाँ रहेको छ ।
यस्तै समितिले स्याउ ९फुजी० प्रतिकिलो ३०० रुपैयाँ, स्याउ ९मुस्ताङ्ग० प्रतिकिलो २०० रुपैयाँ, स्याउ ९जुम्ला० प्रतिकिलो २५०, केरा ९नेपाली० प्रतिदर्जन १०० रुपैयाँ, केरा ९मालभोग० प्रतिदर्जन १०० रुपैयाँ, कागती प्रतिकिलो २०० रुपैयाँ, अनार ३०० रुपैयाँ तोकिएको छ ।
प्रतिक्रिया