काठमाडौं– सोलुखुम्बुको फेरिचे हेलिप्याडमा भएको हेलिकोप्टर दुर्घटनामा घाइते भएका व्यक्तिलाई प्रभु हेलिकोप्टरमार्फत उपचारका लागि नेपाल मेडिसिटी अस्पताल ल्याइँदैछ।
फिस्टेल र डायनेस्टी एयरका दुई हेलिकोप्टर अवतरणका क्रममा ठोक्किँदा एक विदेशी पर्यटकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। घाइतेको उपचारका लागि नेपाल मेडिसिटी अस्पतालमा आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराइनेछ।
प्रतिक्रिया