काठमाडौं - फुट्नका लागि जुट्ने र जुट्नको लागि फुट्ने नेपालका कम्युनिष्टहरुको नियति जस्तै बनेको छ । मूल पार्टीबाट फुट्ने सबै समूहहरुले एकताको लागि फुटेको बताउँदै आएका छन् । अहिले फेरि कम्युनिष्ट एकताको कुरा उठेको छ । सबैभन्दा एकता प्रचण्डलाई चाहिएको छ । जबकि सबैभन्दा विभाजन उनकै नेतृत्वमा भएको छ । आफ्नो पार्टीभित्र विभाजन बाध्य बनाउने र आफूसँग बहु गर्ने क्षमताका नेताहरुलाई पार्टी छोड्ने अवस्था सिर्जना गर्नमा प्रचण्ड जति माहिर अरु नेता देखिएका छैनन् । तर उनी एकता भन्न छोड्दैनन् ।
२०७४ मा एकालेसँग एकता गरेर दुई तिहाई नजिकको जनमत प्राप्त भएको थियो । त्यतिबेला प्रचण्डलाई केपी ओलीले दुई नम्बर अध्यक्ष बनाएका थिए । ३६ वर्षसम्म पार्टीको अध्यक्ष भएका प्रचण्डलाई दोस्रो अध्यक्षमा चित्त बुझ्ने कुरै भएन । अन्ततः त्यत्रिो जनमत पाएको पार्टी फट्यो । त्यसपछि प्रचण्ड आफ्नो पार्टीको अध्यक्ष रहँदै आएका छन् । त्यसैले उनले एकताको कुरा आफू अध्यक्ष बनिरहनको लागि गरेका हुन भन्ने प्रष्ट नै छ । यसपटक उनले देश असाधारण संकटमा रहेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग एकताको प्रस्ताव गरेका छन्।
मंगलबार पेरिसडाँडामा आयोजित नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीचको एकता घोषणामा बोल्दै संयोजक दाहालले सबै कम्युनिस्ट समूह एकताबद्ध हुनुपर्नेमा जोड दिए।
पार्टीका सहसंयोजक माधव नेपालले केपी ओलीको नाम लिँदा आशंका व्यक्त गरेको उल्लेख गर्दै आफूलाई भने त्यस्तो नलागेको उनले बताए।
उनले केपी ओली, मोहनविक्रम सिंह, मोहन वैद्य ‘किरण’, नेत्रविक्रम चन्द ‘विप्लव’ लगायत सबै बाँकी कम्युनिस्ट समूह एकजुट हुनुपर्ने आजको वस्तुगत आवश्यकता भएको स्पष्ट पारे।
एमालेसँग एकता गर्दा माधव नेपाल खुशी नहुनेतर्फ संकेत गर्दै उनले भने, म अपिल गर्न चाहन्छु, माधवजीले केपी ओलीको नाम लिँदाखेरी अलिकति के पो हुने हो भन्नुभयो। मलाई चाहिँ त्यस्तो लागेको छैन। केपी ओली समेत, मोहनविक्रमजीसमेत, मोहन वैद्य ‘किरण’, नेत्रविक्रम चन्द ‘विप्लव’ लगायत सबै बाँकी कम्युनिस्ट समूहलाई पनि अघि उमा भुजेलले भनेजस्तै आजको देशको वस्तुगत आवश्यकता बनेको छ कम्युनिस्टहरूको एकता,’ उनले भने।
प्रचण्डले भने जस्तो एकताको कुनै सम्भावना देखिदैन । दि एकता भैहालेछ भने प्रचण्ड अध्यक्ष बन्ने सर्तमा मात्र हुनेछ । तर अध्यक्ष पद केपी ओलीले पनि छोड्ने छैनन् । माओवादीबाट अलग भएका ‘उपग्रह’ हरु पनि प्रचण्डलाई पार्टी प्रमुख मानन तयार हुने छैनन् । त्यसैले प्रचण्डलाई चाहिएको कम्युनिष्ट एकता यथास्थ्तििमा संभव देखिदैन । भैहालेछ भने पनि त्यो पुनः विभाजनको लागि नै हुनेछ ।
प्रतिक्रिया