सुनचाँदी

एकैदिन तोलामा १३ हजार तीन सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

विहीबार, १९ कार्तिक २०८३, ११ : १४

काठमाडौं- नेपाली बजारमा आज (बिहीबार) सुनको भाउ भने तोलामा १३ हजार तीन सय रूपैयाँ बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८८ हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ। 

बुधबार सुन प्रतितोला दुई लाख ७५ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।  यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ।

बुधबार प्रतितोला तीन हजार ६ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा तीन हजार नौ सय २० रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय ६५ रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार एक सय ३४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

विहीबार, १९ कार्तिक २०८३, ११ : १४

प्रतिक्रिया