काठमाडौं- नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताका लागि ब्याज तथा सेवाशुल्कबिनै किस्ताबन्दीमा सामान खरिद गर्न सकिने सुविधा सुरु गरेको छ ।
बैंक स्थापनाको ९०औँ वार्षिकोत्सवको अवसर पारेर बैंकले फिन्तारा सोलुसन्स प्रालिसँग सम्झौता गर्दै बीएनपीएल ९द्यल्एी० प्लेटफर्ममार्फत यस्तो सुविधा सञ्चालनमा ल्याएको हो ।
सम्झौताअनुसार नेपाल बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले ‘बाइ नाउ पे लेटर’ ’ (Buy Now Pay Later) सुविधा प्रयोग गरी १८ महिनासम्मको किस्ताबन्दीमा विभिन्न सामान खरिद गर्न सक्नेछन् । यसरी सामान खरिद गर्दा ग्राहकले कुनै पनि ब्याज तथा सेवाशुल्क तिर्नुपर्ने छैन ।
सम्झौतामा २०८३ कात्तिक १६ गते काठमाडौंस्थित बैंकको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कर्जा अधिकृत प्रदीपकुमार पाठक र फिन्तारा सोलुसन्सका कार्यकारी निर्देशक आशिषकुमार शर्माले हस्ताक्षर गरेका छन् ।
नेपाल बैंक यही कात्तिक ३० गते स्थापनाको ९०औँ वर्षमा प्रवेश गर्दैछ । बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा जोड दिँदै युवा जनशक्तिमार्फत देशभर बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।
दक्ष व्यवस्थापन, युवा जनशक्ति र आधुनिक प्रविधिको समुचित प्रयोगका कारण आम नेपालीमाझ नेपालको पहिलो बैंकप्रतिको आकर्षण दिनप्रतिदिन बढ्दै गएको बैंकले जनाएको छ ।
प्रतिक्रिया