मञ्जुश्री फाइनान्स लिमिटेडको १९औँ वार्षिक साधारण सभा सम्पन्न

शनिबार, २१ कार्तिक २०८३, १० : ५७

काठमाडौं- मञ्जुश्री फाइनान्स लिमिटेडको १९औँ वार्षिक साधारण सभा २०८३ कार्तिक २० गते, शुक्रबार  काठमाडौंको थापागाउँस्थित थापागाउँ ब्याङ्क्वेटमा सफलतापूर्वक सम्पन्न भएको छ।

सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। जसअन्तर्गत १५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) र ५ प्रतिशत बोनस शेयर वितरण गरिनेछ । कम्पनीको यस निर्णयले शेयरधनीहरूलाई प्रतिफल प्रदान गर्नुका साथै संस्थाप्रतिको विश्वास र सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

सभाले ४० करोड बराबरको ८.७५% लाभांश दर कायम गरि मुनाफा भएको वर्ष मात्र मुनाफा वितरण हुने गरि अविमोच्य असंचिती अग्राधिकार शेयर (Perpetual Non - Cumulative Preference Share) नेपाल राष्ट्र बैंक लगायत सम्बन्धित नियमनकारी निकायको स्वीकृति प्राप्त भए पश्चात हुने जारि गरि प्राथमिक पुंजी वृद्धि गर्ने प्रस्ताब पारित गरेको छ । साथै आ.व २०८३/८४ को लागि N. K.T. Associates, Chartered Accountants लाई सभाले बाहय लेखापरीक्षक नियुक्ति गरेको छ ।

सभामा उपस्थित शेयरधनीहरूले कम्पनीको समग्र व्यावसायिक प्रगति, संस्थागत सुशासन, वित्तीय स्थायित्व तथा भावी योजनाहरूप्रति चासो व्यक्त गरे । साथै, कम्पनीले प्रदान गर्न लागेको कुल २० प्रतिशत लाभांशप्रति शेयरधनीहरूले सन्तुष्टि र खुसी व्यक्त गरेका थिए । शेयरधनीहरूबाट प्राप्त सुझाव, प्रतिक्रिया तथा विश्वासलाई कम्पनीले आगामी दिनमा आफ्नो सेवा प्रवाह र व्यावसायिक रणनीतिलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण मार्गदर्शनका रूपमा लिएको छ।

शनिबार, २१ कार्तिक २०८३, १० : ५७

प्रतिक्रिया