काठमाडौं – जीवन ज्योति इङ्लिस मिडियम स्कुल तुलसीपुर ८ ले विद्यार्थीलाई उत्पादनसँग जोड्न थालेको छ । पढ्दै, सिक्दै, कमाउँदै अभियान अन्तर्गत कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूलाई उनीहरूको रुचि र चाहना अनुसार उत्पादनमा जोडेको प्रिन्सिपल केपी न्यौपानेले जानकारी दिनुभयो । विद्यालयले पहिलो चरणमा उत्पादनको परीक्षण गरेको छ ।
उत्पादन परीक्षण अन्तर्गत विद्यार्थीहरूले केराको चिप्स, दही, पुष्टकारी, गुँदपाक, छुर्पी उत्पादन गरेका छन् भने बगैंचा बनाएर फुलका बेर्ना समेत तयार गरेका छन् । विद्यार्थीहरूलाई सीपयुक्त र अभिभावकलाई आत्मनिर्भर बनाउने उद्देश्यले आगामी शैक्षिक सत्रदेखि पाठ्यक्रम बनाएर उत्पादनलाई सँगै लिएर जाने प्रिन्सिपल न्यौपानेले बताउनुभयो । आगामी शैक्षिकसत्रमा १० जना अभिभावक र १० जना विद्यार्थीहरूलाई उत्पादनमा जोडिने छ । यो अभियानले विद्यार्थीलाई स्वरोजगारमा सहयोग पुग्ने विद्यालयले बताएको छ ।
प्रतिक्रिया