काठमाडौँ- दूधको मूल्य वृद्धि भएसँगै दूधजन्य पदार्थको पनि भाउ बढेको छ।
दूधजन्य पदार्थमा सात रुपैयाँदेखि दुई सय ५० रुपैयाँसम्म बढेको निजी डेरी उद्योगीहरूले बताएका छन्।
नयाँ मूल्यअनुसार अब उपभोक्ताले आधा लिटरको प्याकेट दूधको ५० रुपैयाँ तिुर्नपर्छ। यसअघि उपभोक्ताले ४३ रुपैयाँ तिर्दै आएका थिए।
त्यस्तै, दूधको मूल्य वृद्धि हुनुअघि आधा लिटर दहीको मूल्य ६५ रुपैयाँ थियो। अब ग्राहकले आधा लिटर दहीको लागि ८० रुपैयाँ तिर्नुपर्छ।
पनिरको मूल्यमा पनि प्रतिकिलो एक सय ५० रुपैयाँले वृद्धि भएको छ। अहिले बजारमा पनिरको मूल्य प्रतिकिलो नौ सय ५० रुपैयाँ तोकिएको छ। यसअघि पनिर प्रतिकिलो ८ सय रुपैयाँमा बिक्री भइरहेको थियो।
दूधको नयाँ मूल्यअनुसार सबैभन्दा बढी नौनीको मूल्य प्रतिकेजी दुई सय रुपैयाँ बढेको छ। पहिले प्रतिकेजी नौ सय रुपैयाँमा पाइरहेको नौनीको लागि अब ग्राहकले ११ सय ५० रुपैयाँ तिर्नुपर्छ।
त्यस्तै, घ्यूको मूल्य प्रतिकिलो ११ सय रुपैयाँबाट बढेर १३ सय रुपैयाँ पुगेको छ।
मूल्य वृद्धिबारे नेपाल डेरी एशोसिएसनका अध्यक्ष प्रल्हाद दाहालसँग कुराकानी गर्दा उत्पादन लागत हेरेर मूल्य बढाइएको बताउँछन्।
दूधको मूल्यवृद्धि भएसँगै डिडिसीले दही, पनिर, बटर, चिज, घ्यू, आइसक्रिम, मिठाइ लगायत दूधजन्य पदार्थको मूल्य पनि बढाउने तयारी गरेको छ।
उत्पादन लागत हेरेर एकरदुई दिनभित्रै नयाँ मूल्य निकाल्ने डिडिसीका बजार व्यवस्थापन विभाग प्रमुख सञ्जिव झाले जानकारी दिए। उनले भने, ुमूल्य बढ्छ। हामी उत्पादन लागत हेरेर बढाउँछौं।ु
सरकारी स्वामित्वको भएकाले निजीभन्दा डिडिसीको उत्पादन सस्तो हुने झाको भनाइ छ।
सरकारले किसानले पाउने दूधको मूल्य नौ रुपैयाँले वृद्धि गरेपछि उद्योगीले पनि उपभोक्ता मूल्य १४ रुपैयाँले वृद्धि गरेका हुन्।
प्रतिक्रिया