हरियो तरकारी तथा फलफूलको बजार भाउ

सोमबार, २९ फागुन २०७९, ०९ : २९

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको फलफूल तथा तरकारीको बजारभाउ तोकेको छ ।

जसअनुसार आज कालो अंगुरको औसत मूल्य प्रतिकेजी २१० रुपैयाँ, हरियो अंगुर १३० रुपैयाँ, अदुवा ९५ रुपैयाँ, अनार, अकबरे खुर्सानी र गुन्द्रुक २७५ रुपैयाँ, अमला, लोकल काक्रो ८५ रुपैयाँ, आभोकाडो ५५० रुपैयाँ, अम्बा २१० रुपैयाँ, रातो आलु २५ रुपैयाँ, भारतीय रातो आलु २१ रुपैयाँ ३३ पैसा, सेतो आलु १७ रुपैयाँ ६७ पैसा, उखु प्रतिवटा ७५ रुपैयाँ, कागती २७० रुपैयाँ, किनु १३५ रुपैयाँ, किवि र कुरीलो ४५० रुपैयाँ, केरा प्रतिदर्जन १४० रुपैयाँ, कोइरालो १८२ रुपैयाँ ५० पैसा, लोकल गाजर ३३ रुपैयाँ ३३ पैसा, गोलभेडा ६६ रुपैयाँ ६७ पैसा, घिरौला ११६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ २०० रुपैयाँ र डल्ले च्याउ ३३० रुपैयाँ तोकिएको छ ।

यसैगरी जिरीको साग, घन्टा, रातो मूला, रायोको साग, सलगम, ज्यापु काउली, तरुल, सौफको साग र बकूला प्रतिकेजी ६६ रुपैयाँ ६७ पैसा, जुनार २३५ रुपैयाँ, हरियो तरबुजा ४३ रुपैयाँ ३३ पैसा, छडी माछा २७५ रुपैयाँ बचुवा माछा २८० रुपैयाँ, तामा ९६ रुपैयाँ ६७ पैसा, तोरीको साग ३५ रुपैयाँ, न्यूरो १०५ रुपैयाँ, पुदीना २७५ रुपैयाँ, बन्दा १७ रुपैयाँ ५० पैसा, तने बोडी १७६ रुपैयाँ ६७ पैसा, ब्रोकाउली ८६ रुपैयाँ ६७ पैसा, भेडे खुर्सानी १७२ रुपैयाँ, मटरकोशा ६५ रुपैयाँ, नेपाली मेवा ७५ रुपैयाँ, रुख कटहर १०५ रुपैयाँ, सखरखण्ड ७६ रुपैयाँ ६७ पैसा, सेलरी १४० रुपैयाँ र फूजी स्याउ २७५ रुपैयाँ छ । 
 

सोमबार, २९ फागुन २०७९, ०९ : २९

प्रतिक्रिया