सुनको भाउ बढ्यो कतिमा हुदैँछ कारोबार

१ बर्ष अगाडि

काठमाडौँ- नेपाली बजारमा सोमबार पनि सुनको भाउ उकालो लागेको छ। 

 आज सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख ४ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ३ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


हिजो आइतबार सुनको भाउ एकैदिन १ हजार ७०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन  १ लाख ३ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर १ हजार २५५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा २५ रुपैयाँले बढेर चाँदी १ हजार २४५ रुपैयाँमा किनबेच भएको थियो। 

 

१ बर्ष अगाडि

प्रतिक्रिया