महंगीले देश छोड्न बाध्य पार्यो

सोमबार, २९ फागुन २०७९, १३ : ४१

काठमाडौँ - बंगलामुखी डेरामा विगत लामो समयदेखी बसोबास गर्दै आएका २६ वर्षीय हेमन्त गिरीले लगनखेलको बजारमा बिहान र साँझपख घाम पानी नभनी हातमै चार्जर,घडी, ईयरफोन जस्ता सामाग्री बोकेर बेच्दै  आईरहेका छन् ।

तीन जनाको सदस्य (उनी, उनकी श्रीमती र छोरा) रहेको उनको परिवारको यहीँ व्यवसायबाट जीविको पार्जन जीनतिन चलिरहेको उनले बताए । काठमाडौँको ठाँउ त्यहीँ माथि अहिलेको महंगीले जीवन व्यतित गर्न निकै नै कष्टकर भएको उनको भनाई छ ।

उनको डेरा नजिकै रहेको पाटन कृष्ण मन्दिरमा आउने भक्त्तजनको भिडले गर्दा सामान्य आम्दामी भएता पनि कुनै दिन बोनि पनि नभई घर फर्किनु पर्ने अवस्था रहेको उनले जनाएका छन् ।

यस्तो महंगी छ जहान परिवार पाल्न पर्यो आज भन्दा भोलि भन्दा छोरोको पढाईमा पनि खर्च हुन्छ त्यसैले म त विदेशीने सोचमा छु निराश मुद्रामा उनले भने ।
- शोभा धिताल

सोमबार, २९ फागुन २०७९, १३ : ४१

प्रतिक्रिया