सात दिनभित्र व्यक्तिगत विवरण अद्यावधिक गर्न सचिव तथा सहसचिवलाई निर्देशन

मंगलबार, ३० फागुन २०७९, ०९ : १४

काठमाडौं -  संघीय निजामती सेवा ऐन जारी हुन लागेको बेला राष्ट्रिय किताबखानाले नेपाल सरकारका सचिव र सहसचिवलालाई ७ दिनभित्र आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्नुपर्ने सूचना जारी गरेको छ ।

निजामती सेवा नियमावली (२०५०) को नियम १० मा भएको व्यवस्थाबमोजिम यस्तो निर्णय गरिएको किताबखानाले जनाएकाे छ। सरकारले विज्ञताका आधारमा कर्मचारी खटाउने तयारी गरिरहेकाे छ।  

सचिव र सहसचिव पदमा पुगेका कर्मचारी पनि शुरूमा खरिदार वा नासुसरहको पदबाट सेवा प्रवेश गरेको भए उनीहरूको व्यक्तिगत विवरणमा एसएलसी वा प्रवीणता प्रमाणपत्र तहको मात्र शैक्षिक योग्यता रहेको तर त्यसपछि अधाबधिक भए नभएकाे बुझन  बिवरणवारे जानकारी लिन खाेजिएकाे स्रोतले बतायो । 

मंगलबार, ३० फागुन २०७९, ०९ : १४

प्रतिक्रिया