सुनको भाउमा लगातारको वृद्धि

मंगलबार, ३० फागुन २०७९, ११ : ०३

काठमाडौँ- सुनको भाउमा लगातारको वृद्धि मंगलबार पनि निरन्तरता पाएको छ। 

 आज सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन१ लाख ५ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख ५ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


हिजो सोमबार पनि सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ४ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा ४५ रुपैयाँले बढेर १ हजार ३०० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो। 

मंगलबार, ३० फागुन २०७९, ११ : ०३

प्रतिक्रिया