काठमाडौँ - कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज मंगलबारको तरकारी तथा फलफुलको बजार भाउ तोकेको छ ।
जसअनुसार कालो अंगुरको औसत मूल्य प्रतिकेजी २१० रुपैयाँ, हरियो अंगुर १४० रुपैयाँ, अदुवा १०५ रुपैयाँ, अनार २७५ रुपैयाँ, अम्बा २१० रुपैयाँ, आभोकाडो ५५० रुपैयाँ, रातो आलु २५ रुपैयाँ, भारतीय रातो आलु १९ रुपैयाँ, सेतो आलु १७ रुपैयाँ ३३ पैसा, उखु प्रतिवटा ११० रुपैयाँ, स्थानीय काउली ५५ रुपैयाँ, लोकल काक्रो र निबुवा ८५ रुपैयाँ, कागती २८० रुपैयाँ, किनु १३५ रुपैयाँ, किवि ४५० रुपैयाँ, कुरीलो ५०० रुपैयाँ, केरा प्रतिदर्जन १४५ रुपैयाँ, कोइरालो १६५ रुपैयाँ, अकबरे खुर्सानी २७५ रुपैयाँ, सुकेको खुर्सानी ४३५ रुपैयाँ, लोकल गाजर ३३ रुपैयाँ ३३ पैसा, गान्टे मूला, सलगम, रातो बन्दा, ब्रोकाउली, टाटे सिमी र हाइब्रीड सिमी ७५ प्रतिकेजी, गुन्द्रुक, छडी माछा र फूजी स्याउ २७५ रुपैयाँ तोकिएको छ ।
त्यस्तै, गोलभेडा ३६ रुपैयाँ ६७ पैसा, राजमा घिउ सिमी १३० रुपैयाँ, लोकल घिउ सिमी ६५ रुपैयाँ, घिरौला १२६ रुपैयाँ ६७ पैसा, चमसूरको साग ७६ रुपैयाँ ६७ पैसा, चुकुन्दर ७६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १९५ रुपैयाँ, डल्ले च्याउ ३२५ रुपैयाँ, जुनार २३५ रुपैयाँ, टाटे सिमी ७५ रुपैयाँ, हरियो तरबुजा ४५ रुपैयाँ, तितो करेला १२५ रुपैयाँ, तोरीको साग ३६ रुपैयाँ ६७ पैसा, निबुवा ८५ रुपैयाँ, न्यूरो ९५ रुपैयाँ, पार्सले ३२५ रुपैयाँ, परवर १४५ रुपैयाँ, पालूगो साग ७६ रुपैयाँ ६७ पैसा, पिंडालू ४५ रुपैयाँ, सुकेको प्याज ३५ रुपैयाँ ७५ पैसा, पाकेको फर्सी ४८ रुपैयाँ, बकूला ६६ रुपैयाँ ६७ पैसा, बन्दा १७ रुपैयाँ ५० पैसा, तने बोडी १७० रुपैयाँ, ब्रोकाउली ७५ रुपैयाँ, भिण्डी १३० रुपैयाँ, भेडे खुर्सानी १५५ रुपैयाँ, मटरकोशा ६५ रुपैयाँ, मकै बोडी १५५ रुपैयाँ, मेथीको साग ७६ रुपैयाँ ६७ पैसा, रायोको साग ५६ रुपैयाँ ६७ पैसा, रुख कटहर १०५ रुपैयाँ, लप्सी ३१० रुपैयाँ, सुकेको लसुन १७५ रुपैयाँ, सखरखण्ड ७६ रुपैयाँ ६७ पैसा, सजिवन १७५ रुपैयाँ सेलरी १३५ रुपैयाँ, सौफको साग ७६ रुपैयाँ ६७ पैसा, स्ट्रबेरी भुईऐसेलु ३५० रुपैयाँ, ज्यापु काउली ६६ रुपैयाँ ६७ पैसा र हरियो धनिया ४० रुपैयाँ तोकिएको छ ।
प्रतिक्रिया