मर्जरले बीमा कम्पनीहरूको क्षमता बृद्दि गर्यो, अब कर्मचारीको दक्षता अभिबृद्दि गर्नुपर्छः अध्यक्ष सिलवाल

मंगलबार, ३० फागुन २०७९, १४ : १२

काठमाडौं - नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले विगत ११ महिनाअघि सुरू गरेको मर्जर अभियान सफल भएको बताउँदै मर्जरले बीमा कम्पनीहरूको क्षमता अभिबृद्दि गरेको बताएका छन् । अध्यक्ष सिलवालले कम्पनीहरू ठूला भइसकेकोले अब कर्मचारीहरूको क्षमता अभिबृद्दि गर्न कम्पनीलाई निर्देशन दिएका छन् ।

हिजोदेखि एकीकृत कारोबार गरेको सगरमाथा लुम्विनी इन्स्योन्स कम्पनीको कार्यक्रमलाई सम्बोधन गर्दै  अध्यक्ष  सिलवालले बीमा क्षेत्रमा फोर्सफूल मर्जर गरिएको बताए । अध्यक्ष सिलवालले मर्जरबारे भावी सन्ततीले भविष्यमा राम्रो काम गरेको भनेर पक्कै सम्झने बताए । उनले क्षमता अभिबृद्दिको बाटो खुलेको समेत बताएका छन् ।

अध्यक्ष सिलवालले भने ‘पुजिबृद्दि समयको आवश्यकता हो । सशक्त कम्पनीहरू बन्लान भनेर मर्जर गरिएको हो । नियामकले जथाभावी निर्णय गर्दैन । बिश्लेषण गरेर नै नयाँ निर्णयहरू गरेका छौं ।’

अध्यक्ष सिलवालले बीमाको दावी भुक्तानी छिटो र छरितो गर्न आह्ववान  ३० हजार रूपैया क्लेम लिन शाखाबाट नहुने अवस्था अन्त्य हुनुपर्ने समेत बताए। ‘जति बढि क्लेम तिर्नुहुन्छ उति बढि व्यवसाय बढ्छ । जुन कम्पनीले जुन पोर्टफोलियोको क्लेम दिदैन अब पोर्टफोलियो रोक्छौं’ अध्यक्ष सिलवालले भने ।

 

मंगलबार, ३० फागुन २०७९, १४ : १२

प्रतिक्रिया