सुन -चाँदीको भाउ स्थिर

बुधबार, ०१ चैत्र २०७९, १० : ५९

काठमाडौँ- नेपाली बजारमा लगातार बढिरहेको सुनको भाउमा बुधबार ब्रेक लागेको छ। 

आज सुनको भाउ स्थिर रहेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ५ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख ५ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

हिजो मंगलबार सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ५ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख ५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ पनि स्थिर रहँदै तोलाको १ हजार ३०० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ४५ रुपैयाँले बढेर चाँदी १ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो। 

 

बुधबार, ०१ चैत्र २०७९, १० : ५९

प्रतिक्रिया