साग बेच्ने फुलमतिलाई महानगरकै डर

१ बर्ष अगाडि

काठमाडौं-  चाबहिल गणेशथान मा साग बेच्दै आइरहेकी ३५ बर्षिय फुलमतीलाइ सधै महानगरको त्रास हुने गरेको छ । 

पुर्ख्यौली घर गुल्मी भइ हाल गणेशथानमा डोको मा साग बेच्दै आइरहेकी फुलमती को  परिवारमा उनी, उनका श्रीमान  छोरी र छोरा गरि ४ जना  रहेका छन् ।उनको परिवार को गुजरा साग बेचेरै गर्दै आइरहेको उनि बताउछिन । 

उनका श्रीमान सामान्य मज्दुर पेसा मा आबद्ध छन । साग बेचेरै छोरा छोरी लाई जसोतसो पढाउदै आइरहेकी उनी अहिले महानगरले रोजिरोटि खोस्यो भन्दै गुनसो पोख्छिन । महानगरले दुस्ख नदिउनजेल त राम्रै कमाइ हुन्थ्यो । अहिले त लुकेर बेच्नुपर्छ । मनमा सधैँ महानगरको डर हुन्छ, कुनबेला आउँछ र टिपेर लैजान्छ थाहै हुन्न’ उनी भन्छिन् । 

गाउँमा परिवार पाल्नै धौ–धौ भएपछि काठमाडौँ छिरेकी  फुलमतिले एउटै सपना सुनाउँछिन्, ‘छोराछोरीलाई राम्रोसँग पढउन सकूँ ।’ साग किन्न आउनेहरुको लागि साग दिदै गरेकी  फुलमती  उदास मुद्रामा देखिन्थिन् । 

उनी अहिलेको महङ्गीले दिक्दार बनेको पनि  बताउँछिन् । उनी सरकार महङ्गी हटाउने भन्दा पनि गरिब हटाउने खेलोमा लागेको बताउँछिन् । ‘सरकारलाई कसरी हुन्छ गरिबलाई हटाउन पाए हुन्छ भन्ने ध्याउन्न छ । महङ्गी त परको कुरा’ उनको आक्रोस पोखिन्छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया