सुनको भाउ रेकर्ड उन्मुख

१ बर्ष अगाडि

काठमाडौँ-  बिहीबार नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ। 

 आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख ६ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख ६ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो भाउ करिब डेढ महिनायताकै उच्च हो। 


यसअघि गत माघ १९ गते सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ७ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ७ हजार रुपैयाँमा कारोबार भएको थियो।

हिजो बुधबार सुनको भाउ स्थिर थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ५ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ५ हजार २०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार ३०५ रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो। 

१ बर्ष अगाडि

प्रतिक्रिया