आजदेखि साफिस इन्टरनेशल इन्डोक्राइन सम्मेलन सुरु

शुक्रबार, ०३ चैत्र २०७९, १७ : १०

काठमाडौँ काठमाडौँमा आजदेखि साफिस इन्टरनेशल इन्डोक्राइन सम्मेलन सुरु भएको छ ।

यही चैत ३  र ४ गते सञ्चालन हुने सम्मेलनमा दक्षिण एसियाली राष्ट्रहरूका  विज्ञहरूको सहभागिता जनाएका छन् । 

अन्तर्राष्ट्रिय सम्मेलनमा मधुमेह, थाइराइड, मोटोपना तथा हर्मोनसँग सम्बन्धी रोगको अनुसन्धानमूलक कार्यपत्रहरू पेश गरिने डाइविटिज नेपालका अध्यक्ष वरिष्ठ इन्ठडोक्रिनोलोजिष्ट डाक्टर दिना श्रेष्ठले जानकारी दिइन् ।

सम्मेलनमा विज्ञहरूद्वारा दक्षिण एसियाली मोटोपनासम्बन्धी काठमाडौँ घोषणापत्र जारी गरिने उनले बताइन् ।

यस्तै, कार्यक्रममा मह जोडी कृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनीत वृत्तचित्र मधुमेह भाग २ प्रिमियर शो समेत गरिएको थियो ।

शुक्रबार, ०३ चैत्र २०७९, १७ : १०

प्रतिक्रिया