छ दिनमा कतिब्यारेलले घट्यो कच्चा तेलको मूल्य ?

१ हप्ता अगाडि

काठमाडौँ - पछिल्लो ६ दिनको अवधिमा कच्चा तेलको मूल्य ह्वात्तै घटेको ओयल प्राइस डटकमले जनाएको छ । कच्चा तेलको मूल्यबारे जानकारी राख्ने ओयल प्राइसले सोमबार यता प्रतिब्यारेल १०.१८ डलरले ब्रेन्ट क्र्यूड आयलको मूल्य घटेको जनाएको हो । सोमबारमा ब्रेन्ट क्र्यूड आयलको मूल्य प्रतिब्यारेल ८३.१५ डलर थियो । जबकि, आज मार्च १८ मा आइपुग्दा १०.१८ डलरले घटेर प्रतिब्यारेल ७२।९७ डलरसम्म आइपुगेको छ । यसअघि, हिजो ब्रेन्ट आयलको मूल्य ७२.०९ डलरसम्म आइपुगेको थियो ।

 यस्तै, मार्च ६ को तुलनामा कच्चा तेलको मूल्य झनै धेरैले घटेको छ । उक्त मितिमा ब्रेन्ट क्र्यूड आयलको मूल्य प्रतिब्यारेल ८६.१८ डलर थियो । विश्वमा ब्रेन्ट र डब्लूटीआई गरी दुईवटा बेञ्चमार्कमा कच्चा तेलको धेरैजसो खरिद बिक्री हुन्छ । यसमध्ये पनि सबैभन्दा धेरै अन्तर्राष्ट्रिय खरिद बिक्रीमा ब्रेन्ट बेञ्चमार्कको प्रयोग गरिन्छ र अमेरिकाले भने डब्लूटीआई बेञ्चमार्क प्रयोग गर्छ ।

 यस्तै, हाल डब्लूटीआई बेञ्चमार्कको क्र्यूड आयालको मूल्य भने प्रतिब्यारेल ६६.७४ डलर छ । मार्च १३ मा यसको मूल्य प्रतिब्यारेल ७७.०७ डलर थियो ।
 

१ हप्ता अगाडि

प्रतिक्रिया