बर्दिबास महोत्सव सुरु

१ बर्ष अगाडि

काठमाडौँ - व्यापारको पहिचान तथा उत्सव रूपमा मानिएको महोत्सव बर्दिबासमा चैत्र ३ गतेदेखि सुरु भएको छ ।

स्थानीय उत्पादन तथा पहिचान झल्कने कलालाई विशेष प्राथमिकतामा राखिएको महोत्सवमा मिथिला आर्टका विभिन्न आकर्षक सामग्रीहरू देख्न सकिन्छ ।

उद्योग व्यवसाय र कलाको विकाश गरौँ, साहित्य संस्कृतिको संरक्षण गरौँ भन्ने मूल नारा रहेको महोत्सवमा हस्तकलाका साथै कृषि उत्पादनलाई विशेष जोड दिइएको देखिन्छ ।

महोत्सवमा विभिन्न खानाका परिकारका साथै नेपाली उत्पादनका कपडाहरू समेत रहेको महोत्सव प्रवेश शुल्क रु। ६० राखिएको छ भने विद्यार्थीका लागि ४० प्रतिशत छुट दिइने आयोजक कमिटीले जनाएको छ ।

चैत्र महिनाको १३ गते सम्म सञ्चालन हुने महोत्सवमा १७० स्टल राखिएको छ ।

बर्दिबास नगरपालिकाको संरक्षण तथा बर्दिबास उद्योग वाणिज्य वाणिज्य संघ एवम् राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको संयुुक्त आयोजनामा सञ्चालन भएको व्यापारीहरूको पर्व बर्दिबास महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने आयोजक संस्था उद्योग वाणिज्य संघका सदस्य गुञ्ज बहादुर कार्कीले बताए ।

महोत्सव एक लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान आयोजक कमिटीको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया