सुनको भाउले ब्रेक गर्‍यो उच्च रेकर्ड

आइतबार, ०५ चैत्र २०७९, ११ : १८

काठमाडौँ- साताको पहिलो कारोबारको दिन नेपाली बजारमा सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ। 

 आज सुनको भाउ एकैदिन २ हजार ९०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

योसँगै सुनको भाउले यसअघिको उच्च रेकर्ड ब्रेक गरेको छ। यसअघि गत माघ १९ गते सुनको भाउ हालसम्मकै उच्च स्तरमा पुगेको थियो। त्यस दिन प्रतितोला छापावाल सुन १ लाख ७ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ७ हजार रुपैयाँमा कारोबार भएको थियो। 

गत शुक्रबार पनि सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ७ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेर १ हजार ३४५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो। 


 

आइतबार, ०५ चैत्र २०७९, ११ : १८

प्रतिक्रिया