हेमजा आलु महोत्सव–२०७९ आयोजना गरिदैँ

आइतबार, ०५ चैत्र २०७९, १७ : ०८

 काठमाडौँ - ११ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७९ को तयारी गरिएको छ । पोखरा २५ हेमजा स्थित विष्णुपादुका क्लवको आयोजनामा यही चैतको २६ गतेदेखि बैशाख ३ गतेसम्म हुने आयोजकले जनाएको छ ।

महोत्सवको समायावधि नजिक आइरहदाँ शुक्रबारसम्म स्टल निर्माणका लागि सम्झौता भइसकेको छ । महोत्सवलाई कृषकको महोत्सव बनाउन वडा कार्यालयको पहलमा कृषि बिकास निर्देशनालय गण्डकी प्रदेश प्रमुख बासु रेग्मीको प्रमुख आतिथ्यतामा अन्तरक्रिया भएको छ । कृषि बिज्ञ संग छलफल भइरहेको साथै माटो परिक्षण गर्न कृषि महाशाखा संग पहल गरिएको छ ।

‘सुन्दर ठाउँ हेमजा जाउँः आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने मुल नाराका साथ महोत्सव गर्न लागिएको हो ।

महोत्सवको आकर्षणहरुमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको ठुलो पहाड निर्माण, आलुका विभिन्न परिकार, विविध सांस्कृतिक कार्यक्रम, राष्ट्रिय स्तरको कृषि दोहोरी गीत प्रतियोगिता, कृषि झाँकी प्रतियोगिता, पप कन्सर्ट, हाँस्य कलाकारहरुका प्रस्तुति, जापानीय सुन्तला, च्याउ, कफी, चियाको बिक्री एवम् प्रदर्शनी, कृषि बीउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी लगायत रहेका छन् ।

महोत्सवमा ३० वटा कृषि प्रदर्शनीका स्टल, ९० वटा व्यापारिक स्टल रहने छन् । महोत्सव बारे जानकारी दिन यही चैत २० गते पत्रकार सम्मेलन आयोजना गरिनेछ । 

 

आइतबार, ०५ चैत्र २०७९, १७ : ०८

प्रतिक्रिया