काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार)को फलफूल तथा तरकारीको मुल्य तोकेको छ ।
जस अनुसार कालो अंगुरको औसत मूल्य प्रतिकेजी २१० रुपैयाँ, हरियो अंगुर १३६ रुपैयाँ ६७ पैसा, अदुवा ११० रुपैयाँ, अनार, फूजी स्याउ, पुदीना, पार्सले, गुन्द्रुक र अकबरे खुर्सानी २७५ रुपैयाँ, अमला ८५ रुपैयाँ, अम्बा २१० रुपैयाँ, आभोकाडो ५५० रुपैयाँ, रातो आलु २४ रुपैयाँ ५० पैसा, भारतीय रातो आलु २१ रुपैयाँ, सेतो आलु १७ रुपैयाँ ६७ पैसा, स्थानीय काउली र लौका ५५ रुपैयाँ, कागती २७६ रुपैयाँ ६७ पैसा, किनु १३५ रुपैयाँ, किवि ४५० रुपैयाँ, कोइरालो १७६ रुपैयाँ ६७ पैसा, सुकेको खुर्सानी ४४० रुपैयाँ, गाजर २५ रुपैयाँ, गोलभेडा ५६ रुपैयाँ ६७ पैसा र घिरौला ११६ रुपैयाँ ६७ पैसा तोकिएको छ ।
यसैगरी चमसूरको साग प्रतिकेजी १०६ रुपैयाँ ६७ पैसा, चुकुन्दर ७६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १६३ रुपैयाँ ३३ पैसा, डल्ले च्याउ ३२५ रुपैयाँ, जिरीको साग ५६ रुपैयाँ ६७ पैसा, टाटे सिमी ५६ रुपैयाँ, तरबुजा ४० रुपैयाँ, छडी माछा १६३ रुपैयाँ ३३ पैसा, तितो करेला ११५ रुपैयाँ, तोरीको साग, स्कूस र पाकेको फर्सी ४५ रुपैयाँ, चाइनिज नासपाती २३५ रुपैयाँ, न्यूरो ९६ रुपैयाँ ६७ पैसा, परवर ७५ रुपैयाँ, पालूगो, ब्रोकाउली र सौफको साग ९६ रुपैयाँ ६७ पैसा, पिंडालू ५६ रुपैयाँ ६७ पैसा, सुकेको प्याज ३५ रुपैयाँ ६० पैसा, बकूला ६६ रुपैयाँ ६७ पैसा, बन्दा १४ रुपैयाँ, बरेला ६३ रुपैयाँ ३३ पैसा, तने बोडी ११५ रुपैयाँ, भिण्डी ११२ रुपैयाँ ५० पैसा, मकै बोडी १४६ रुपैयाँ ६७ पैसा, मौसम १६५ रुपैयाँ, रुख कटहर १५० रुपैयाँ, सजिवन १२५ रुपैयाँ, स्ट्रबेरी भुईऐसेलु ३५० रुपैयाँ, ज्यापु काउली ६५ रुपैयाँ, झोले स्याउ २१३ रुपैयाँ ३३ पैसा र हरियो धनिया ३५ रुपैयाँ छ ।
प्रतिक्रिया