आज देशका विभिन्न स्थानमा चट्याङ्ग सहित वर्षाको सम्भावना

सोमबार, ०६ चैत्र २०७९, १० : ५९

काठमाडौँ- हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 हाल देशभर आँशिक देखि सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा  मेघ गर्जनरचट्याङ सहित वर्षा भइरहेको छ।

दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने छ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरुमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिकरहल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

राती देशभर आँशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा तराई भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिकरहल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सोमबार, ०६ चैत्र २०७९, १० : ५९

प्रतिक्रिया