काठमाडौँ - विगत लामो समयदेखि पाटनस्थित पाटन क्याम्पस अगाडि पुस्तक पसल संचालन गर्दै आइरहेका लालमणि बन्जाडे उक्त्त पसलबाट मनज्ञ आर्जन भईरहेको बताउँछन् ।
पुर्खौली घर अर्घाखाँची रहेको उनको तीन सदस्यको परिवारको गुजाराकोस्रोत त्यहीँ पसल रहेको उनी बताउँछन् । उनले भने , "पसल र कोठाको भाडा गरेर २४ हजार महिनामा तिर्ने गरेको छु, यो कटाएर ठ्य्कै त हिसाब गर्ने गरेको छैन तर लगभग महिनाको ६०,६५ हजार नाफा आरामले हुन्छ "। त्यति नाफाले यो महंगीमा परिवार सहजै चल्छ त भन्ने प्रश्नमा उनले भने, "परिवार सहजै चल्न त गाह्रै छ , मैले चै पसलबाट आर्जन गरेको नाफा सेयर बजारमा लगानी गर्ने गरेको त्यहाँबाट आएको नाफाले परिवारले चल्छ "।
उनले २०५८ सालमा उक्त्त पसल संचालनमा ल्याउदा वरिपरि धेरै अरु पुस्तक पसल नरहेको बताउँछन् । अहिले छापछाप्ती पुस्तक पसलहरु भएता पनि धेरै ग्राहकहरुको रोजाई उक्त्त पसल रहेको देखिन्छ । उनलाई यसको कारण सोध्दा , उनले मुस्कुराउँदै भने ,"लामो समयदेखि सुपथ मूल्यमा सामान बिक्री वितरण गर्दै गा्रहकहरुको सोजाई अनुरुप सामान उपलब्ध गराउदै आइरहेको छु सायद त्यसैले होला "। यस्ता पुस्तक व्यावसायहरु फस्टाउनको लागि पठन स्वभावको अभिवृद्दि हुन आवश्यक रहेको उनले बताए ।
- शोभा धिताल
प्रतिक्रिया