सगरमाथा जलविद्युत कम्पनीले आज देखि सर्वसाधारणका लागि सेयर बिक्री गर्दै

बुधबार, ०८ चैत्र २०७९, ०७ : ४०

काठमाडौं  - सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आज देखि सेयर निष्काशन गर्ने भएको छ। कम्पनीले चैत ८ देखि १२ गतेसम्म सेयर जारी गर्ने भएको हो।

कम्पनीले जारी पुँजी १ अर्ब १२ करोड रुपैयाँको ४९ प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्ने भएको हो। कम्पनीले प्रभावित र बैदेशिक रोजगारीमा गएकाहरुसहित यो सेयर सर्वसाधारणलाई छुट्याएको हो।

कम्पनीको सेयरमा कम्तिमा १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिन्छ। कम्पनीले ९.६ मेगावाट क्षमताको परियोजना निर्माण गरिरहेको छ। यसको प्रति मेगावाट लागत १९ करोड ८४ लाख रुपैयाँ अनुमान गरिएको छ।

बुधबार, ०८ चैत्र २०७९, ०७ : ४०

प्रतिक्रिया