काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तरकारी तथा फलफूलको मुल्य तोकेको छ ।
जसअनुसार आज औसत मूल्य प्रतिकेजी १७ रुपैयाँ ६७ पैसादेखि ५५० रुपैयाँसम्मको तरकारी तथा फलफूल पाइने भएको छ । आज सबैभन्दा सस्तो सेतो आलु रहेको छ भने आभाकाडो महङ्गो छ । सेतो आलुको औसत मूल्य प्रतिकेजी १७ रुपैयाँ ६७ पैसा र आभाकाडो प्रतिकेजी ५५० रुपैयाँ तोकिएको छ ।
त्यस्तै, कालो अंगुरको औसत मूल्य प्रतिकेजी २१६ रुपैयाँ ६७ पैसा, हरियो अंगुर १३५ रुपैयाँ, अदुवा ११५ रुपैयाँ, अनार, फूजी स्याउ, छडी माछा, गुन्द्रुक र अकबरे खुर्सानी २७५ रुपैयाँ, अमला ८५ रुपैयाँ, आम्बा २२५ रुपैयाँ, काउली ५५ रुपैयाँ, काक्रो ५० रुपैयाँ, कागती २८० रुपैयाँ, कुरीलो ४०० रुपैयाँ, कोइरालो १६५ रुपैयाँ, बुलेट खुर्सानी ९६ रुपैयाँ ६७ पैसा, तराइ गाजर २२ रुपैयाँ ५० पैसा, नेपाली गोलभेडा ५६ रुपैयाँ ६७ पैसा, राजमा सिमी ११६ रुपैयाँ ६७ पैसा, घिरौला ११६ रुपैयाँ ६७ पैसा, चमसूरको साग ११० रुपैयाँ, चुकुन्दर ७६ रुपैयाँ ६७ पैसा कन्य च्याउ १६४ रुपैयाँ र डल्ले च्याउ ३२५ रुपैयाँ छ ।
प्रतिक्रिया