सुनको भाउमा भारी गिरावट

बुधबार, ०८ चैत्र २०७९, ११ : २३

काठमाडौँ- नेपाली बजारमा बुधबार सुनको भाउमा भारी गिरावट आएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २ हजार रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ७ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ७ हजार ३०० रुपैयाँ कायम भएको छ। 


हिजो मंगलबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ९ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १ हजार ३३५ रुपैयाँ कायम भएको छ। 

हिजो तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ३४० रुपैयाँमा किनबेच भएको थियो। 

बुधबार, ०८ चैत्र २०७९, ११ : २३

प्रतिक्रिया