काठमाडौँ- नेपाली बजारमा बिहीबार सुनको फेरि उकालो लागेको छ।
आज सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले उकालो लागेको छ । योसँगै प्रतितोला छापावाल सुन१ लाख ९ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सुनको भाउ तोलामा २ हजार रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ७ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार ३६० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ३३५ रुपैयाँमा किनबेच भएको थियो।
प्रतिक्रिया