सुनको भाउ रेर्कड उन्मुख

शुक्रबार, १० चैत्र २०७९, १२ : १८

काठमाडौँ - नेपाली बजारमा शुक्रबार सुनको भाउ बढेर फेरि अल–टाइम हाई नजिक पुगेको छ। 

 आज सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेर   प्रतितोला  छापावल सुन १ लाख ९ हजार ८०० रुपैयाँ र तेजाबी  सुन १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका जनाएको छ। 

 यसअघि गत आइतबार (चैत ५ गते)प्रतितोला  छापावल सुन  १ लाख १० हजार रुपैयाँ र तेजाबी  सुन १ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको छ। यो सुनको भाउले कायम गरेको हालसम्मकै उच्च स्तर हो। 

हिजो बिहीबार पनि सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ९ हजार रुपैयाँ तेजाबी गोल्ड १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ३६० रुपैयाँ कायम भएको छ। हिजो तोलामा २५ रुपैयाँले बढेर चाँदी १ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो। 

 

शुक्रबार, १० चैत्र २०७९, १२ : १८

प्रतिक्रिया