प्रदेशमा पनि खाली हुँदै एमाले

शुक्रबार, १० चैत्र २०७९, १८ : २३

काठमाडौँ — एमालेको भूमिका राष्टिय राजनीतिमा कमजोर बन्दै गएको छ । केन्द्रीय सत्ताबाट बाहिरिएको एमाले अब क्रमश प्रदेशमा पनि विपक्षी कित्तामा पुगेको छ । वाग्मती प्रदेशबाट शुक्रबार बाहिरएको एमालेको नेतृँत्वमा रहेका गण्डकी र लुम्बिनी सरकार पनि धरापमा परेका छन् । गण्डकीमा मा‌ओवादीले खगराज अधिकारी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ भने लुम्बिनीमा प्रक्रिया रहेको छ । 

लुम्बिनीमा एमालेका लीला गिरी मुख्यमन्त्री छन् । सत्ता साझेदार दल सरकार छाडेमा एक महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । पुस १० मा एमाले र माओवादी केन्द्रबीच बनेको गठबन्धनअनुसार एमालेको नेतृत्वमा ४ प्रदेश र माओवादीको नेतृत्वमा २ र जनता समाजवादी पार्टी (जसपां)को नेतृत्वमा एक प्रदेशको सरकार बनेका थिए ।

शुक्रबार, १० चैत्र २०७९, १८ : २३

प्रतिक्रिया