ओरालो लाग्यो सुनको भाउ

१ बर्ष अगाडि

काठमाडौँ - साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ। 
 
आज सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावल सुन १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

 गत शुक्रबार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावल सुन १ लाख ९ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेर १ हजार ३७० रुपैयाँ कायम भएको छ। गत शुक्रबार भने चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो। 

 

१ बर्ष अगाडि

प्रतिक्रिया