सुन -चाँदीको मल्यमा गिरावट

१ बर्ष अगाडि

काठमाडौँ-  सोमबार नेपाली बजारमा  सुनको भाउ ओरालो लागेको छ। 

 आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको छ । यो सँगै प्रतितोला छापावाल सुन १ लाख ९ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


हिजो आइतबार पनि सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन  १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर १ हजार ३६० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ३७० रुपैयाँमा कारोबार भएको थियो। 

१ बर्ष अगाडि

प्रतिक्रिया