सुनको भाउ बढ्यो कतिमा हुदैँछ कारोबार ?

११ महिना अगाडि

काठमाडौँ- बुधबार नेपाली बजारमा  सुनको भाउ बढेको छ। 

 आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख ८ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको  छ । 


हिजो मंगलबार सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ८ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ७ हजार ५०० रुपैयाँ कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर १ हजार ३६५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ३५५ रुपैयाँमा किनबेच भएको थियो। 

 

११ महिना अगाडि

प्रतिक्रिया