सुनको भाउ घट्यो / चाँदीको भने बढ्यो

१ बर्ष अगाडि

काठमाडौँ- बिहीबार नेपाली बजारमा  सुनको भाउ ओरालो लागेको छ। 

 आज सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख ८ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ७ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


हिजो बुधबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ८ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेर १ हजार ३७५ रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा १० बढेर चाँदी १ हजार ३६५ रुपैयाँमा किनबेच भएको थियो। 
 

१ बर्ष अगाडि

प्रतिक्रिया