नेप्सेको वेबसाइट बिहीबार साँझदेखि डाउन

११ महिना अगाडि

काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से) को वेबसाइट बिहीबार साँझदेखि डाउन भएको छ। 

नेपालको एकमात्र सेयर बजार सञ्चालक नेप्सेको वेबसाइट डाउन भएको हो। नेप्सेको वेबसाइट डाउन भएपछि सेयर बजारका महत्वपूर्ण सूचकहरु हेर्न खोज्ने प्राविधिक विश्लेषदेखि आमलगानीकर्ता हैरान भएका छन्। 

आज सेयर बजार बन्द रहने भए पनि बजार सूचक र कम्पनीहरुले प्रवाह गर्ने महत्वपूर्ण सूचनाहरु हेर्न लगानीकर्ताहरुले नेप्सेको वेबसाइट हेर्ने गर्छन्। हिजो साँझदेखि नै वेबसाइट नचलेपछि उनीहरु बजार सूचक र सूचनाहरु हेर्नबाट वञ्चित भएका छन्। 

नेप्सेका एक अधिकारीले नेप्सेको वेबसाइटमा मर्मतको काम भइरहेको हिजो साँझ डाउन भएको बताए। ‘आज शुक्रबार र भोलि शनिबार मर्मतको काम हुनेछ’, ती अधिकारीले भने, ‘सम्भवतः शनिबार साँझबाट वेबसाइट सुचारु हुन सक्छ।’

११ महिना अगाडि

प्रतिक्रिया