सुनको भाउमा बृद्धि / कतिमा हुदैँछ कारोबार

१ बर्ष अगाडि

काठमाडौँ- नेपाली बजारमा साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ उकालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको छ। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ८ हजार ७०० रुपैयाँ कायम भएको छ। 

हिजो बिहीबार सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ८ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

अघिल्लो साताको तुलनामा यो साता सुनको भाउ भने ६०० रुपैयाँले घटेको छ। अघिल्लो साताको शुक्रबार प्रतितोला फाइन गोल्ड १ लाख ९ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो।

अघिल्लो साताको तुलनामा यो साता चाँदीको भाउ भने तोलामा ४०० रुपैयाँले बढेको छ। अघिल्लो साताको शुक्रबार चाँदी तोलाको १ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो। 

 

१ बर्ष अगाडि

प्रतिक्रिया