ड्युटी गर्दागर्दै हवल्दार बेपत्ता

शुक्रबार, १७ चैत्र २०७९, १३ : १०

 काठमाडौं –  हिमाली जिल्ला डोल्पामा ड्यूटीमा खटिएका प्रहरी हवल्दार बेपत्ता भएका छन । इलाका प्रहरी कार्यालय काइगाउँमा कार्यरत दैलख जिल्ला नौमुले गाउँपालिका घर भएका ४१ वर्षीय वरिष्ठ हवल्दार जोशिराम रेग्मी काईगउँ खोलामा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

मुड्केचुला गाउँपालिका –१ अन्तर्गत पर्ने भेरीकुना भन्ने ठाउँबाट बिहीबार साझ पौने छ बजेको समयमा बेपत्ता भएको र खोजिकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिनुभएको छ । बेपत्ता जोशी नियमित गस्तीका लागि खटिएको र खोजतलास गर्दा जोशीरामले बोकेको झोला भेटिएको प्रहरीले जनाएको छ । प्रहरी नायव निरीक्षकको नेतृत्वमा प्रहरीको टोली घटनास्थलमा खटिएको बताइएको छ ।

 

शुक्रबार, १७ चैत्र २०७९, १३ : १०

प्रतिक्रिया