राष्ट्रपति ट्रम्पआत्मसमर्पण गर्दै

शुक्रबार, १७ चैत्र २०७९, १३ : २०

 काठमाडौं – कानुनको शासनमा सबै नागरिक समान हुन्छन् भन्ने अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पुष्टि गर्दैछन् । एक जना पोर्न स्टारसँगको सम्बन्धका कारण विवादमा परेका अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्पले अदालतमा आत्मसमर्पण गर्ने सम्भावना बढेको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् ।

उनले आगामी हप्ता न्यूयोर्कस्थित फौजदारी अदालतमा आत्मसमर्पण गर्ने सम्भावना रहेको बीबीसीले जनाएको छ ।

फ्लोरिडामा बस्दै आएका ७६ वर्षीय ट्रम्प अदालतको पहिलो सुनुवाइमा आफैं उपस्थित हुँदा उनको सुरक्षाको जिम्मा अमेरिकाको सिक्रेट सर्भिसलाई दिइएको छ ।

ट्रम्पले पोर्न स्टार स्टोर्मी डेनियल्सलाई गोप्य रुपमा रकम दिने गरेको समाचार सन् २०१६ को अमेरिकी राष्ट्रपति निर्वाचनको केही दिन अगाडि सार्वजनिक भएको थियो । राष्ट्रपति चुनावको नतिजा रोक्न ट्रम्पका समर्थकहरुले संसद भवनमा हुलदंगा र तोडफोड गरेको घटनामा पनि ट्रम्प मुछिएका थिए । एक जुरीले यी घटनाहरुमा ट्रम्प दोषी रहेको भन्दै उनीमाथि फौजदारी अभियोग लगाउन मिल्ने सुझाव सरकारलाई बुझाएको थियो ।

 

शुक्रबार, १७ चैत्र २०७९, १३ : २०

प्रतिक्रिया