उपनिर्वाचन सम्बन्धमा आयोगको निर्णय

शुक्रबार, १७ चैत्र २०७९, १३ : ३४

काठमाडौं –  आगामी वैशाख १० गते आइतबार हुने उपनिर्वाचनका लागि  निर्वाचन आयोगले निर्वाचन कार्यतालिका प्रकाशित गरेको छ । आयोगले तोकिए बमोजिमको ढाँचामा मतदाता नामावलीको उतार उपलब्ध गराउने व्यवस्था मिलाउन निर्वाचन आयोगले प्रदेश र जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ ।
आयोगले गरेको निर्णय बमोजिम चितवन जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २, तनहुँ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ तथा बारा जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचनमा उम्मेदवार हुन चाहने वा उम्मेदवारको निर्वाचन प्रतिनिधि हुन चाहने व्यक्तिले मतदाता नामावलीको उतार लिन कुनै निर्वाचन कार्यालयमा पनि निवेदन दिनसक्ने र यसरी निवेदन प्राप्त भएमा सम्बन्धित निर्वाचन कार्यालयबाट तोकिएको प्रक्रिया पूरा गरी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची–२ बमोजिमको ढाँचामा नामावलीको उतार उपलब्ध गराइने उल्लेख गरिएको छ ।

 

शुक्रबार, १७ चैत्र २०७९, १३ : ३४

प्रतिक्रिया