काठमाडौँ- साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ ओरालो लागेको छ।
आज सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख ८ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत शुक्रबार सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेर १ हजार ४१० रुपैयाँ कायम भएको छ। गत शुक्रबार पनि चाँदी तोलमा २५ रुपैयाँले १ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो।
प्रतिक्रिया